१० मंसिर २०८३, बिहिबार

भरतपुर प्रकरणः चुनावको मुखैमा एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ, रेणुको हात

23k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एमाले उम्मेदवार देबी ज्ञवाली

काठमाडौं, १८ साउन । नेकपा एमालेकातर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरभ ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुरको १९ नम्बर वडामा मंगलबार (१७ साउन) गतेको सर्वदलीय बैठकले २० साउनमा निर्वाचन गर्नेगरी मिति तयगरेको भोलिपल्ट बुधबार महानगरीय अपराध महाशाखाको टोलीले एमाले उम्मेदवार ज्ञवालीका छोरा निरभलाई काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको हो ।

निरभलाई रेणु दाहालको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

भरतपुर महानगरपालिका कांग्रेस माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार रेणुले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भन्दै उजुरी दिएकी थिइन् ।

निरभलाई महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा राखिएको काठमाडौ प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले बताए । उनमाथि साइबर अपराधमा मुद्दा चलाइने तयारी भइरहेको छ ।

मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा साउन २० गते पुनः चुनाव हुँदैछ । चुनावकै मुखमा निरभलाई पक्राउ गरिनालाई शंकाको रुपमा हेरिएको छ ।