काठमाडौं, १६ साउन । सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा मोटर्सको एसहुपर टिपर नेपाली बजारमा ल्याएको छ । एसहुपरलाई टाटा मोटर्सले साउन १५ गते लञ्च गरेको हो ।
सिप्रदी ट्रेडिङ प्रा.लि.का प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले बढ्दो शहरीकरण, जनसंख्याको चाप, पुराना तथा सांघुरा सडक गल्लीहरु भएको हाम्रो जस्तो देशमा फोहोरमैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न एसहुपर विकल्पमा रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा फोहोरमैला व्यवस्थापन संघका पदाधिकारी लगायत टाटा मोटर्सको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो साह्रै कष्टकर रहेको भन्दै आधुनिक विकल्पको रुपमा हुपर टिपर आएको बताउनुभयो ।
घर–घरबाट फोहोर संकलन गर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्यूबीक मिटर क्षमता भएको यस टिपरमा सड्ने र नसड्ने किसिमका फोहोरहरु राख्न दुई वटा छुट्टै कम्पार्टमेन्ट रहेको र सानो साईजको रहेका छन् ।















प्रतिक्रिया