काठमाडौं, १५ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बसेको छ ।
भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा जारी बैठकमा मुलुकको राजनीतिक अवस्था, स्थानीय तहको तेस्रो चरणको निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार २ नं. प्रदेशको निर्वाचन तयारीका विषयमा छलफल हुनेछ ।
बैठकमा मुलुकको विकसित राजनीतिक अवस्था र संविधान संशोधनलाई सरकारले संसदमा अगाडि बढाएमा के गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।















प्रतिक्रिया