२ कार्तिक २०८३, सोमबार

ओलीको जिल्लामा काँग्रेसभित्र भुइँचालो, चर्चित व्यक्तिहरु पनि कारबाही परे

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा जिल्ला झापामा कारबाहीको श्रृंखलाले काँग्रेसभित्र भुइँचालो आएको छ ।

एमाले अध्यक्ष ओलीको जिल्ला भएकाले पनि काँग्रेसको प्रतिष्ठाको रुपमा हेरिएको झापाको कन्काई नगरपालिकामा एमालेले जित हात पारेको थियो । एमालेको जितसँगै काँग्रेसभित्र झगडाको बिउ रोपिएको छ । विवादकै कारण काँग्रेसले ८ जनालाई कारबाही गरेको छ ।

पार्टीले उठाएका उम्मेदवारलाई असहयोग, आचारसंहिता उल्लंघन र अनुशासनविपरित काम गरेको भन्दै काँग्रेसका महासमिति सदस्य एवं मेयर पदका आकांक्षी रमेश श्रेष्ठसहित पूर्वजिल्ला सदस्य सुकदेव पौडेल, सक्रिय सदस्य एबम् कन्काई बाणिज्य संघका पूर्बअध्यक्ष युवराज संग्रौला, क्षेत्रीय प्रतिनिधि पवन साह, सक्रिय सदस्य सुशील पोखरेल, इन्द्र श्रेष्ठ र साधारण सदस्य एबम् कन्काई बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल कारबाहीमा परेका हुन् । यसैगरी, चर्चित हेयरस्टाइलिष्ट निलम कटुवाल (निल डेबिड) पनि काँग्रेसबाट कारबाहीका लागि सिफारिसमा परेका छन् । निल डेबिड नेपालकै चर्चित हेयरस्टाइलिष्ट हुन् ।

झापामा स्थानीय तहको निर्बाचनमा पराजित भएपछि हारको कारण अरुलाई देखाएर आफू पन्छिने र अन्तरघात भएको भन्दै कारबाही गर्ने श्रृखला चलिरहेको छ ।

कांग्रेसका नगर सभापति नेत्रप्रसाद चिमरियाले ८ जनालाई कारवाहीको लागि माथिल्लो निकायमा सिफारिस छन् । काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला झापामा काँग्रेसले नराम्रो हार व्यहोरेको छ ।