३१ आश्विन २०८३, शनिबार

गूगलले गर्‍यो ठूलो परिवर्तन, एउटा फिचर नै बन्द

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नयाँदिल्ली, १३ साउन । गूगलले आफ्नो इंस्टेंट सर्च फिचरको डेस्कटप संस्करण बन्द गर्ने भएको छ ।

सर्च बारमा ड्रप डाउन मेन्यूमा सर्चसँग सम्बन्धित सुझाव देखिन्छन् । यही इंस्टेंट सर्च हो । तर, अब गूगलले यसलाई बन्द गर्न लागेको छ ।

गूगलका अनुसार अब धेरैजसो सर्च मोबाइलमा हुने गरेको र इंस्टेंट सर्चको धेरै आवश्यक्ता नरहेकाले इंस्टेंट बन्द गर्न लागिएको हो ।

गूगलद्वारा इंस्टेंट सर्च फीचर साल वर्ष पहिला अर्थात सन् २०१० मा ल्याएको थियो । तर, २०१५ पछि मोबाइलमा हुने गरेको सर्च डेस्कटपमाथि हावी भएको थियो । त्यसपछि गूगलले यो फिचर बन्द गर्ने निर्णय लिएको हो ।

सर्च इंजन लैंडसँग कुरा गर्दै गूगलका प्रवक्ताले भनेका छन्, ‘हामीले सन् २०१० मा गूगल इंस्टेंटलाई लञ्च गरिएको थियो । यसको उदेश्य उपभोक्तालाई छिटो जानकारी उपलब्ध गराउनु थियो । पूरा टाइप गर्दा खोजेको चिज छिटो मिलोस भन्ने थियो । अब धेरै सर्च मोबाइलमा हुन थालेका छन् । इनपुट, इंटरैक्शन र स्क्रीन कन्स्ट्रेंटस धेरै भन्नता भएको छ । यसैलाई ध्यानमा राखेर गूगल इंस्टेंट सर्चलाई बनद गर्न लागिएको छ । सबै डिवाइसेजमा सर्चिंग फास्ट बनाउन यो निर्णय लिइएको छ ।’ – एजेन्सी