
काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पाँचौँ पटक प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा तीन दिन अगाडि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक देउवाले आफू पाँचौँ पटक प्रधानमन्त्री बन्ने योजना सुनाएपछि सबै चकित परेका हुन् ।
‘मलाई ज्योतिषीले फेरि पनि प्रधानमन्त्री बन्नु हुन्छ भनेका छन्’, देउवाले बैठकमा दिएको अभिब्यक्ति उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘देउवाले पाँचौँ पटक प्रधानमन्त्री बन्ने कुरा राखेपछि बैठकमा एकछिन हाँसो भयो ।’
धार्मिक मान्यता र पूजाआजामा विश्वास गर्ने देउवालाई कुन ज्योतिषीले पाँचौँ पटक प्रधानमन्त्री बन्नु हुन्छ भनेर घोषणा गरेका हुन् त्यो भने उहाँले खुलाउनु भएन ।











प्रतिक्रिया