१० मंसिर २०८३, बिहिबार

एमालेको स्थायी समिति बस्दै, गौतमले अध्यक्षता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा २ नं. प्रदेशको निर्वाचन तयारी र अब कसरी अगाडि बढ्ने विषयमा छलफल हुने बुझिएको छ ।

एमालेका अध्यक्ष केपी ओली तिब्बतको भ्रमणका लागि मानसरोबरतिर गएका बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।

तिब्बत जानुअघि ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । बैठकको अध्यक्षता कार्यबाहक अध्यक्ष गौतमले गर्नु हुनेछ ।