काठमाडौं, ११ साउन । नेपाली कांग्रेसको मन्त्री सूचीमा हेरफेर भएको छ ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहबाट अर्जुन जोशीको नाम हटाएका छन् । उनको ठाउँमा महेन्द्र यादवको नाम थपिएको छ ।
अब महेन्द्र यादव मन्त्री हुने भएका छन् । उनी सपथ लिन जाने तयारीमा जुटेका छन् । यादवले खानेपानी मन्त्रीका रुपमा सपथ लिनेछन् ।
यता सपथको तयारीमा रहेका जोशी नाम काटिएसँगै निराश बनेका छन् । अन्तिम समयमा उनबाट मन्त्री पद खोसिएको छ ।
कांग्रेसबाट मन्त्री बन्नेहरु:
भीमसेनदास प्रधान – रक्षामन्त्री
वीरबहादुर बलायर– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
मोहन बस्नेत– सञ्चारमन्त्री
रामकृष्ण यादव– कृषिमन्त्री
यज्ञबहादुर थापा– कानुनमन्त्री
सञ्जय गौतम– सिचाईमन्त्री
राजन केसी– युवा तथा खेलकुद मन्त्री
अम्बिका बस्नेत– सहकारीमन्त्री
मीन विश्वकर्मा– वाणिज्य मन्त्री
महेन्द्र राय यादव– खानेपानी मन्त्री











प्रतिक्रिया