काठमाडौं, ११ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले साताव्यापी चीन भ्रमणमा छन् । गत शनिबार चीन प्रस्थान गर्नुपूर्व ओलीले कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई सुम्पिएका थिए ।
कार्यबाहकको जिम्मेवारी पाएपनि पार्टीमा गौतम नै कार्यकारी हुन् । यही जिम्मेवारीका कारण बामदेवले पहिलोपटक पार्टीमा ठूलो अवसर पाएका छन् । त्यो स्थायी कमिटीको अध्यक्षता ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यबाहक अध्यक्ष गौतमले भोलि विहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा स्थायी कमिटी बैठक बोलाएका छन् । जसको अध्यक्षता गौतमले गर्नेछन् ।
पार्टीमा माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता वरिष्ठ नेता भएपनि भोलिको बैठकमा उनीहरुको अध्यक्ष गौतम नै हुनेछन् ।











प्रतिक्रिया