१० मंसिर २०८३, बिहिबार

युवा संघको महाधिवेशन मिति नतोकेको भन्दै युवाहरु आक्रोशित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । नेकपा एमालेनिकट युवा संघ नेपालको साउन ७ र ८ गते बसेको स्थायी कमिटी बैठकले नवौं महाधिवेशनको मिति तोक्न नसकेपछि युवाहरु आक्रोशित बनेका छन् ।

४० वर्ष उमेर कटेकालाई ‘अंकल आन्टी’को संज्ञा दिँदै युवाहरुले उनीहरुले आफ्नो भविष्यमाथि खेलवाड गरिरहेको आरोप समेत लगाएका छन् । युवाहरुले नैतिकताको ख्याल गरी राजीनामा दिन वा ५ वर्षसम्म नगरेको महाधिवेशन गर्न ४० कटेका अगुवाईहरुलाई अनुरोध पनि गरेका छन् ।

यहीबीचमा संघमा आबद्ध युवाहरुले मंगलबार केन्द्रीय कार्यालय प्रमुख एवं स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवाललाई महाधिवेशन तत्काल घोषणा गर्न माग गर्दै प्लेकार्ड बुझाएका छन् । युवा नेता रोशन बस्नेतको नेतृत्वमा केन्द्रीय कार्यालय बुद्धनगर पुगेको टोलीले ‘महाधिवेशन छिटो गर !!’ भन्ने नारा लेखिएको प्लेकार्ड कार्यालय प्रमुख कटवाललाई बुझाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

उनीहरुले ‘बगेको खोला फर्कदैन, समयले कसैलाई पर्खदैन’ युवा संघ नेपालको कार्यालयमा कार्यालय प्रमुखमार्फत सबै पदाधिकारीहरुलाई ध्यान आकर्षण गराएका छन् । उनीहरुले नेतृत्वलाई ‘ढिलो गरी बसेको स्थायी कमिटी किन अनिर्णयको बन्दी बन्दै छ’ भनेर प्रश्न समेत गरेका छन् ।