२१ कार्तिक २०८३, शनिबार

पौडी खेल्ने क्रममा खोलामा डुबेका छात्र आज मृत भेटिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ११ साउन । विराटनगरस्थित केशलिया खोलामा डुबेका छात्र आज मृतावस्थामा फेला परेका छन् ।

विराटनगर–१२ बखरीका चन्द्रकुमार राईका १५ वर्षीय छोरा सञ्जीव राई सो खोलामा पौडी खेल्ने क्रममा मङ्गलबार डुबेर बेपत्ता भएका थिए ।

विराटनगरस्थित सगरमाथा बोडिङ स्कुलमा कक्षा १० मा अध्ययनरत राईलाई स्थानीयवासीले डुबेकै ठाउँमा बालुवाले पुरिएको अवस्थामा फेला पारेको मृतकका काका राजकुमार राईले जानकारी दिनुभयो । मृतकको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा शवपरीक्षण गरिएको छ । रासस