
काठमाडौं, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागितालाई लिएर अन्यौल बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा ल्याउने विषयमा औपचारिक प्रस्ताव नपठाएपछि अन्यौल बढेको हो ।
राप्रपाका नेता दिलनाथ गिरीले सरकारमा जान आफूहरू तयार रहे पनि सत्तापक्षले बेवास्ता गरेको बताउनुभयो । ‘हामी त सरकारमा जान तयार छौँ’, उहाँले भन्नुभयो, ‘सत्तापक्षले प्रस्ताव पठाएन ।’
नेता गिरीले भन्नुभयो, ‘यथाअवस्थामा हामी सरकारमा जान कुरै हुँदैन । सरकारमा हाम्रो पोजिशन स्पष्ट भएपछि मात्रै सहभागी हुन्छौँ ।’
मुख्य सचेतक कुन्ती शाहीले पनि सत्तापक्षले राप्रपासँग सरकारमा सहभागिताका विषयमा औपचारिक कुराकानी नगरेको बताउनुभयो । ‘सरकारमा सहभागितालाई राप्रपाभित्र कुनै विवाद छैन’, उहाँले भन्नुभयो ।
राप्रपालाई कांग्रेस र माओवादी केन्द्रले चार मन्त्रालय दिने तयारी गरेका छन् । यद्यपि, राप्रपाले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय र सम्मानजनक अवस्था पाए मात्रै सरकारमा जाने तयारी गरेको छ ।











प्रतिक्रिया