१० मंसिर २०८३, बिहिबार

पौडेल समूहले देउवालाई बुझायो मन्त्रीको नाम, को को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । यससँगै भोलि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । माओवादीले पहिले नै मन्त्री नाम टुंग्याएको र मंगलबार रामचन्द्र पौडेल समूहले चार मन्त्रीको नाम बुझाएपछि बुधबार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

पौडेल समूहबाट को को छानिए ?

पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम बुझाएको हो । यसअघि चर्चामा रहेका बलबहादुर केसी मन्त्री बन्नेको सूचीमा परेनन् । यस्तै, चर्चामा रहेका महिला नेत्री सरिता प्रसाई र कमला पन्त सूचीमा परेनन्

देउवा समूहबाट को को ?

१३ मन्त्रालय भागमा परेको कांग्रेसबाट उपप्रधानसहित शिक्षामन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रममन्त्री फर्मुल्लाह मन्सुर भइसकेका छन् ।

बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एक–एक जना मन्त्री बन्नेछन् ।

स्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम फाइनल भइसकेको स्रोतको भनाई छ ।