२१ कार्तिक २०८३, शनिबार

सप्तरीबाट लागू औषध बोकेर आएका यादव नागढुंगामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । सप्तरीबाट लागू औषध बोकेर आएका एक युवक नागढुंगामा पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सप्तरी बिष्णुपुर गाउँपालिका–२ घर भएका २२ बर्षीय आनन्द यादवलाई प्रहरीले लागू औषध म्याट्रो डेपाम ३ सय ट्याबलेट सहित पक्राउ गरेको हो ।

राजबिराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ख ६१० नम्बरको यात्रुवाहक बसलाई मंगलबार नागढुंगामा जाँच गर्ने क्रममा यादवले कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।