काठमाडौं, १० साउन । नेकपा एमालेले मंगलबार एक शोक वक्तव्य जारी गरेको छ ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा एमाले सांसद यज्ञराज सुनुवारकी ७५ वर्षीय आमा मनमाया सुनुवारको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
त्यसैगरी शोकसन्तप्त परिवारजनमा एमालेले गहिरो समवेदना प्रकट गरेको छ ।
शोक वक्तव्य
नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवम् व्यवस्थापिका संसद यज्ञराज सुनुवारको ममतामयी आमा मनमाया सुनुवारको हिजो बिहान ७५ वर्षको उमेरमा निधन भएको खबरले हामी अत्यन्त दुःखित भएका छौं ।
उहाँको निधनले पार्टीले एउटा असल अभिभावक गुमाएको छ भने कमरेड यज्ञराज सुनुवारले आफ्नो ममतामयी आमा गुमाउनुभएको छ । दुःखको यस घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै कमरेड यज्ञराज सुनुवारलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं !
कृष्णगोपाल श्रेष्ठ
सचिव











प्रतिक्रिया