२१ कार्तिक २०८३, शनिबार

भूमिहीन बादी वस्तीमा खाद्यान्न वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

.

लम्की, १० साउन । लम्की चुहा नगरपालिका वडा नं. ३ बल्चौरस्थित भूमिहीन बादीवस्तीमा राष्ट्रहरुको आशामण्डलीद्धारा मंगलबार खाद्यान्न वितरण गरिएको छ । लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईले एक कार्यक्रमकाबीच उक्त खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाईले विपन्न परिवारलाई आशामण्डलीद्धारा वितरण गरिएको खाद्यान्नले केही दिनका लागि भएपनि राहत पुग्ने बताए । उनले बल्चौरमा रहेका बादी समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारका लगायतका बिषयमा पनि नगरपालिकाले योजना बनाएर अघि बढ्ने बताए ।

राष्ट्रहरुको आशामण्डलीद्धारा संकलित चामल १ सय ६२ घरधुरीलाई वितरण गरिएको छ । उक्त बस्तीमा रहेका बादी समुदायलाई झण्डै ४१ क्वीण्टल चामल वितरण गरिएको हो ।

राष्ट्रहरुको आशामण्डलीका पाष्चर कृष्ण आचार्यले विपन्न बादी समुदायका परिवारलाई साझ खाए विहान के खाउँ भन्ने समस्या देखेर आफू अमेरिकामा भएपनि समस्या आफ्नै परिवार झै लागेर सहयोग प्रदान गरिएको बताए । उनले आगामी दिनमा पनि बादी समुदायका लागि सक्दो सहयोगका लागि पहल गर्ने बताए ।

राष्ट्रहरुको आशामण्डलीले विपन्न बादी समुदायको बस्तीमा आएर खाद्यान्न वितरण गरेकोमा वादी समुदायकी अगुवा रमा बादीले धन्यबाद व्यक्त गरेकी थिइन् । खाद्यान्न वितरण कार्यक्रममा नेपाली छापा माध्यम सञ्जालका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र रावल, पाष्चर मोहन आचार्य, लम्की चुहानगरपालिका वडा नं. ३ का वडा सदस्य प्रेमबहादुर चौधरीले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन ज्ञान बहादुर वादीले गरेका थिए ।