१० मंसिर २०८३, बिहिबार

देउवालाई सुजाताको सुझाव– पारित नहुने संशोधन प्रस्तावको पछि नलाग्नुस्, भोटिङमा लैजानु मुर्खता हुनेछ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । सत्तारुढ दल नेपाली कांग्रेसबाट संविधान संशोधन विधेयक तत्काललाई थाँती राख्ने प्रस्ताव आएको छ ।

संविधान संशोधन गराउने शर्तसहित मधेसी दलको समर्थनमा पार्टी सभापति शेरबहादुर बहादुर देउवा प्रधानमन्त्री बनेका बेला कांग्रेस नेतृ सुजाता कोइरालाले संशोधन प्रस्तावलाई तत्काल थाँती राख्नुपर्ने प्रस्ताव गरेकी हुन् । प्रमुख प्रतिपक्षी एमालेले पनि चुनावपछि मात्रै संशोधन प्रक्रियामा जान सकिने भन्दै अहिलेलाई स्थगित गर्न माग गर्दै आएको छ ।

यसै सन्दर्भमा सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सुजाताले भनिन्– ‘पारित नहुने संशोधन प्रस्तावको पछि लाग्नुहुँदैन, अहिलेलाई प्रस्ताव थाँती राखेर चुनावमा केन्द्रित हुनुपर्छ, अब सबै चुनावको तयारीमा जुट्नुपर्छ,’

संशोधन प्रस्तावलाई भोटिङ्मा लैजानु मुर्खता हुने उनको बुझाई छ । ‘यो प्रस्ताव मधेशी जनताले चाहेको प्रस्ताव हुँदै होइन, यो त राजपाले चाहेको हो, त्यसैले अब चुनाव लक्षित भएर जानुपर्छ, कोइरालाले भनिन् ‘समयमै चुनाव गर्नुपर्छ, संविधानले नै माघ ७ गतेभित्रै सबै चुनाव गर्नुपर्ने भनेर किटान गरेको छ, त्यसैले समयमै सबै निर्वाचन गर्नुपर्छ ।’