१० मंसिर २०८३, बिहिबार

जनताको मन जित्ने काम गर्नुस्ः उपाध्यक्ष रावल (फोटो फिचर)

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढीमा आयोजित कार्यक्रममा टिकापुरका मेयरलाई बधाई दिदै एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल

धनगढी, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नम्बर प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

नेकपा एमालेले आयोजना गरेको ७ नम्बर एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुलाई स्थानी तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रमको आइतबार समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले विकासका प्रभावकारी योजना बनाएर जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

धनगढीमा आयोजित कार्यक्रममा बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायालाई बधाई दिदै एमालेका केन्द्रीय उपाध्यक्ष रावल

उनले ‘विगतका वर्षहरुमा स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा विकासले गति लिन नसकेको बताउँदै अब केही गरेर देखाउनुपर्छ,’ भने । स्थानीय निकायको निर्वाचनमा जनताले विश्वास गरेर एमालेलाई पहिलो पार्टी बनाएको छ, अब एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले आ–आफ्नो नगर र गाउँपालिकामा उदाहरणीय काम गरेर देखाउने बेला आएको उपाध्यक्ष रावलको भनाई थियो ।

‘जनताले एमालेलाई विश्वास गरेर स्थानीय निकायमा विजयी गराएका छन् त्यसैले जनप्रतिनिधीले पञ्चवर्षिय योजना बनाएर विकासको कामलाई अघि बढाउन जरुरी रहेको छ उपाध्यक्ष रावलले बताए ।’ जसरी जनताले एमालेमाथि विश्वास गरेका छन् त्यसरी नै तपाईहरुले नयाँ दृष्टिकोणबाट जनताको पक्षमा काम गरेर एमालेलाई राम्रो पार्टी बनाउन सक्नुपर्छ उनले भने ।

जनप्रतिनिधीलाई संविधानले स्थानीय निकायलाई दिएका काम, कर्तव्यहरुको अध्ययन गरेर ईमान्दारितापुर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै उपाध्यक्ष रावलले भने जन विश्वासलाई कायमै राख्ने गरी आ–आफ्नो क्षेत्रमा इमान्दारीताका साथ काम गर्नुहोस् ।
पहिलो र दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा एमाले पहिलो पार्टी भएको बताउँदै रावलले भने अब प्रदेश नं. २ मा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।

सात नम्बर प्रदेशमा बिजयी एकमात्र महिला मेयर मन्जु मलासीलाई बधाई दिदै एमालेका केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावल । मलासी दिपायल सिलगढी नगरपालिकाबाट बिजयी भएकी हुन ।

सत्ता पक्षले संविधान संशोधनका नाममा अनेक बखेडा झिक्दै आएकोले निर्वाचन सम्पन्न नभएसम्म एमाले संशोधनको पक्षमा रहेको छैन् उनले स्पष्ट पार्दै भने । स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात प्रदेश र प्रतिनिधि सभाको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ भन्ने एमालेको भनाई हो उपाध्यक्ष रावलको भनाई थियो ।

७ नं. प्रदेशस्त्तरीय उक्त कार्यक्रममा एमालेबाट निर्वाचित ३९ प्रमुख र ४२ उपप्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुले जनभावना अनुसार काम गरेर जनताको मन जित्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो अवसरमा कार्यक्रममा साँफेवगरनगरपालिकाका मेयर कुलवहादुर कुँवर, भीमदत्तनगरपालिकाका सुरेन्द्र विष्ट, अमरगढीका विपिन ओझा, जयपृथ्वीनगरपालिकाका विरेन्द्र खड्का, घोडाघोडीका ममताप्रसाद चौधरी, गौमुल गाउँपालिकाका हरि रोकाया लगायतले आफ्ना अनुभव सुनाएका थिए ।

दुई दिनसम्म चलेको सो कार्यक्रममा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवाली, वैकल्पीक पोलिटव्यूरो सदस्य कर्णवहदुर थापा, केन्द्रीय सदस्य गरिमा शाह, रामकुमार ज्ञवाली कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी लगायतले वोलेका थिए ।