धनगढी, ८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले ७ नम्बर प्रदेशका एमालेका नवनिर्वाचित जनप्रतिनिधीले विकासका प्रभावकारी योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ ।
‘विगतका वर्षहरुमा स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा विकासले गति लिन सकेन, अहिले स्थानीय निकायमा एमाले पहिलो पार्टी बनेको छ अब केही गरेर देखाउनुपर्छ,’ एमालेद्धारा आयोजित निर्वाचित जनप्रतिनीधिका लागि आयोजित कार्यक्रममा उहाँले बताउनुभयो ।
नेकपा एमालेले आयोजना गरेको ७ नम्बर एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुलाई स्थानीत तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षणको उद्घाटन कार्यक्रममा उपाध्यक्ष रावलले भन्नुभयो ‘जनताले एमालेलाई विश्वास गरेर स्थानीय निकायमा विजयी गराएका छन त्यसैले जनप्रतिनिधीले पञ्चवर्षिय योजना बनाएर विकासलाई अघि बढाउन जरुरी छ ।’ जसरी जनताले एमालेमाथि विश्वास गरेका छन् त्यसरी नै तपाईहरुले नयाँ दृष्टिकोणबाट जनताको पक्षमा काम गरेर एमालेलाई राम्रो पार्टी बनाउन जरुरी रहेको छ भन्नुभयो ।
उहाँले जनप्रतिनिधीलाई संविधानले स्थानीय निकायलाई दिएका काम, कर्तव्यहरुको अध्ययन गरेर ईमान्दारितापुर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष रावलले नेकपा एमालेले मात्रै देशलाई विखण्डनबाट रोक्न सक्छ र तिब्र बिकास गर्छ भन्ने जन विश्वासलाई कायमै राख्ने गरी आ–आफ्नो क्षेत्रमा इमान्दारीताका साथ काम गर्न आग्रह गर्नुभयो ।
दुई नम्बर प्रदेशमा समेत एमाले पहिलो पार्टी बन्ने सचिव ज्ञवालीको दावी
कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञावालीले प्रदेश नम्बर ७ का नवनिर्वाचित जन प्रतिनिधीहरुलाई पुरानो अनुभव र नयाँ जोशका साथ काम गर्न आग्रह गर्नुभयो । अहिले जनताले एमालेले मात्रै देशको अस्तित्व जोगाउन सक्छ भन्ने हेतुले स्थानीय तहमा पहिलो पार्टी बनाएको भन्दै एमालेबाट जनताको विश्वास नगुम्ने गरी कम गर्न जनप्रतिनीधीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले एमालेलाई हराउन देशभर दलहरुले तालमेलसहित ठुलो षड्यन्त्र गरेको भएपनि जनताले एमालेलाई देशकै पहिलो पार्टी बनाएको बताउनुभयो ।
एकै चरणमा गर्न सकिने स्थानीय तहको निर्वाचनलाई सरकारले आफु अनुकुल पार्न राजपाको बहानामा तीन चरणसम्म सारेको नेता ज्ञवालीको आरोप थियो । उहाँले दुई नम्बर प्रदेशमा समेत एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो ।
दुईदिनसम्म सम्म सञ्चालन हुने कार्यक्रममा नेकपा एमालेका बुद्धिजीवि परिषदका केन्द्रीय अध्यक्ष दिनेश देवकोटा र अधिवक्ता टिकाराम भट्टराई, संविधानबिद डा. चन्द्रकान्त ज्ञवाली, प्राध्यापक बिधान आचार्य लगायतले सहभागि जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिईरहेका छन् । प्रशिक्षण कार्यक्रममा सात नम्वर प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र ३९ वटा नगर÷गाउपालिका प्रमुख र ४२ उपप्रमुखको सहभागिता रहेको छ ।
पहिलो भएकोमा केक काटियो
यस्तै, एमालेले प्रदेश नम्बर सातमा पहिलो पार्टी भएकोमा केक काटेर खुसीयाली मनाएको छ । पार्टी उपाध्यक्ष रावलले केक काट्नु भएको थियो ।
रावलले केक काटेर सात नम्वर प्रदेशकै महिला मेयर सिलगढी दिपायल नगरपालिकाकी प्रमुख मञ्जु मलासीलाई खान दिनु भएको थियो । त्यसपछि क्रमशः सवै निर्वाचित जनप्रतिनीधि र एमाले नेता कार्यकर्तालाई केक बाँडिएको थियो ।
एमालेले सात नम्वरका ८८ तहमा ३९ स्थान जितेर पहिलो पार्टी बनेको छ । एमालेले प्रमुख ३९ र ४२ उपप्रमुख जितेको छ । यस्तै, कांग्रेसले ३८, माओवादीले १० र फोरम १ तह जितेको छ ।














प्रतिक्रिया