झापा, ८ साउन । झापामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बिर्तामोड नगरपालिका–४ बस्ने ४४ बर्षीय सुमन विकले शनिबार सोही नगरपालिका–६ बस्ने ५ बर्षीया बालिकालाई आफ्नै घरमा बोलाई चकलेट दिएर बलात्कार गरेको झापा प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई आफ्नै घरमा बोलाएर जवरजस्ती करणी गर्ने विकलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया