१० मंसिर २०८३, बिहिबार

भरतपुरको मतपत्र च्यातिएको प्रकरणमा सर्वाेच्चमा फैसला भएन्, भोलि पुनः बहस हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गरेर परेको रिटमा आजपनि सर्वोच्च अदालतले फैसला गर्न सकेन् ।

रिटमा सुनुवाई नसकिएपछि आज फैसला हुन नसकेको अदालतले जनाएको छ । रिटमा भोलि पुनः बहस हुने बताइएको छ ।

माओवादी केन्द्रका कार्यकर्ताहरूले मत पत्र च्यातेपछि अबरुद्ध भएको मतगणनालाई सुचारु गर्न एमालेको माग रहँदै आएको छ । एमालेका नेताहरूले च्यातिएका मतपत्रलाई थाँती राखेर मतगणना गर्नुपर्ने माग गर्दै आएका छन् ।

तर, निर्वाचन आयोगले वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरिसकेको छ । यसविरुद्ध सर्वाेच्चमा रिट परेको हो ।