
काठमाडौं, ८ साउन । काठमाडौंको डिल्लीबजार रोटरी क्लबले कुमारीगालमा रहेको प्रणवानन्द आश्रमका बालबालिकाका लागि सफा पानी पिउनका लागि फिल्टर उपलब्ध गराएको छ ।
कारिब दुई लाख मूल्य बराबरको फिल्टर क्लबले शनिबार बितरण गरेको पब्लिक रिलेसन प्रेम ओलीले जानकारी दिनुभयो ।
जर्मनको एक युनिभर्सिटीको सहयोगमा पानीको फिल्टर उपलब्ध गराइएको हो । आश्रमलाई उपलब्ध गराइएको सो फिल्टरले दैनिक १२ सय लिटरसम्म पानी फिल्टर गर्ने क्षमता राख्छ ।
आश्रमका प्रचार्य राजाराम यादवले फिल्टरले बालबालिकाकालाई सफला पानी पिउनका लागि अझै राम्रो मद्दत गर्ने बताउनुभयो ।
सो कार्यक्रममा क्लबका अध्यक्ष रामकुमार खत्री, पूर्वअध्यक्ष सुरेन्द्र ढकाल, रोटरियन मनीष चुँडाल, स्वामी रुद्रनन्द महाराज र प्रो.डा. बेट्रिकलगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया