२१ कार्तिक २०८३, शनिबार

मधेसका नेपाली जनता असली राष्ट्रवादी : कमल थापा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तराई–मधेश क्षेत्रको विकास र समुन्नतीको निमित्त आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

२ नं. प्रदेश निर्वाचन परिचालन समितिको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले मधेशमा बस्ने जनता राष्ट्रवादी र देशप्रेमी भएको बताउनुभयो । उहाँले कर्णालीको भन्दा तराई र मधेशमा बस्नेत जनता आर्थिक समृद्धिको सुचकाङ्कको आधारमा पछाडि रहनु दुःखद भएको बताउनुभयो ।

तराई–मधेशको जनता के चाहन्छन उनीहरुको भावना समेटेर अगाडि बढ्न पनि थापाले नेता कार्यकतालाई निर्देशन दिनुभयो ।

उपाध्यक्ष बुद्धिमान तामाङ्गको संयोजकत्वमा गठित समितिले आयोजना गरेको बैठकमा पार्टीका उपाध्यक्ष राजीव पराजुली, उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री ध्रुब बहादुर प्रधान, राजेन्द्र लिङ्गदेन, डा.धवल शम्शेर राणा, जयन्त चन्द, प्रवक्ता सुशील कुमार श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो ।

बैठकले निर्वाचन परिचाल समितिको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने, आगामी साउन १५ गते समितिको पूर्ण बैठक बर्दिवासमा आयोजना गर्ने र साउन १६, १७ र १८ गते क्रमश सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्ष सहित शिर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला आयोजना गर्ने निर्णय गरेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।