१० मंसिर २०८३, बिहिबार

‘मधेस केन्द्रित दलहरू आफ्नो मुद्दामा केन्द्रित हुन सकेनन्’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवले प्राप्त उपलब्धी रक्षाका लागि सम्झौता गरेर अघि बढ्न सकिने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित अन्तरक्रियामा माओवादी नेता यादवले भन्नुभयो, ‘उपलब्धी रक्षाकालागि सम्झौता गर्न सकिन्छ ।’ ‘राजपा नेपालले उपलब्ध रक्षाका लागि निर्वाचनमा सहभागी हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘निर्वाचनमा सहभागी हुन राजपालाई मेरो सुझाव छ ।’

स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने सम्बन्धमा राजपा नेपालले अझै निर्णय लिन नसकी रहेका बेला माओवादी नेता यादवले यस्तो सुझाव दिनुभएको हो ।

मधेसी बुद्धिजीवी सिके लालले मधेस आन्दोलनले अधिकार प्राप्तिको मुद्दामा भन्दा अन्य मुद्दामा केन्द्रित भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसमा उब्जाएको निरासा र हतासलाई आन्दोलिनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नुपर्छ । राजपा नेपाल आफ्ना मुद्दामा केन्द्रित हुन सकेन ।’

नयाँ शक्ति पार्टी नेपालका नेता रामकुमार शर्माले अधिकारको लडाइँ लडिरहेका दललाई पार्टी चलाउने चिन्ताले आन्दोलनलाई अन्यत्र मोडेको आरोप लगाउनुभयो ।