
काठमाडौं, ७ साउन । एमालेका अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यसहितको टोली लिएर चीन प्रस्थान गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङको निमन्त्रणामा अध्यक्ष ओली चीन भ्रमणमा जानु भएको स्रोतले जनाएको छ । चीनमा रहँदा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने बुझिएको छ ।
कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले चीनसँगको सम्बन्ध अझै गाढा बनाउने प्रयास गरिरहेका बेला ओली शनिबार चीन प्रस्थान गर्नुभएको हो ।
स्रोतका अनुसार अध्यक्ष ओली र चिनियाँ नेताहरूबीच भेटवार्ताको कार्यक्रम राखेको जनाइएको छ ।
एमालेका नेता बिष्णु रिमालले अध्यक्ष केपी ओली मानसरोवरको भ्रमणका लागि तिब्बततर्फ प्रस्थान गरेको बताउनुभयो ।
ओलीलाई विदाइ गर्न नेपालका लागि चिनियाँ राजदूत, एमालेका उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो ।











प्रतिक्रिया