
काठमाडौं, ७ साउन । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
लामो समयपछि बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचनमा भएको पराजयको समीक्षा हुनेछ । बैठक अहिले केही समयपछि पार्टी कार्यालय सानेपामा बस्नेछ ।
सरकारको नेतृतव गरेको नेपाली कांग्रेसले मन्त्रिपरिषदलाई ढेड महिना पुग्दासमेत पूर्णता दिन सकेको छैन । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीलाई एकलौटी रुपमा चलाएको भन्दै सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर दउवाको आलोचना गर्ने तयारी गरेको छ ।











प्रतिक्रिया