१० मंसिर २०८३, बिहिबार

हृदयश त्रिपाठी समूह समक्ष झुके महन्थ ठाकुर ! बाध्यताबस उठाए यस्तो कदम

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ६ साउन । राष्ट्रिय जनता पार्टी नेपालले केन्द्रीय समितिको बैठक साउन तेस्रोसाता बोलाउने निर्णय गरेको छ ।

काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको अध्यक्षमण्डलको बैठकले साउन २१ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

यसअघि बिहीबार बसेको बैठकले पदाधिकारीहरूको बैठक साउन १४ गते बोलाउने निर्णय गरेको थियो । सो निर्णयलाई अध्यक्षमण्डले शुक्रबार उल्ट्याएको छ ।

केन्द्रीय समिति बैठक बस्नुअघि साउन १८, १९ र २० गते तीन दिन पदाधिकारीहरूको बैठक बस्ने अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

५ नं. प्रदेशका नेताहरूले साउन १५ गतेभित्र केन्द्रीय समिति बैठक बोलाएर विधान अनुमोदन गराउन चेतावनी दिए लगत्तै बसेको अध्यक्षमण्डलको बैठकले केन्द्रीय समिति बोलाउने निर्णय गरेको हो ।

नेता हृदयश त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्ता, अकबाल अहमदसहितका नेताहरूको भैरहवा भेलाले राजपा नेपालको विधानप्रति प्रश्न उठाएका थिए ।

राजपा नेपालको अध्यक्षमण्डल अन्ततः हृदयश त्रिपाठी समूह समक्ष झुकेर केन्द्रीय समिति बैठक बोलाउन बाध्य भएको टिप्पणी हुन थालेको छ ।