३१ आश्विन २०८३, शनिबार

इयुको कालोसूचीबाट नेपाल बाहिरियो, अब नेपाली जहाज युरोपमा उड्न पाउने

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाल युरोपेली युनियन (इयु)को कालोसूचीबाट मुक्त भएको छ । यससँगै अब नेपाली जहाज युरोपको आकाशमा उड्न पाउनेछन् ।

अन्तर्राष्ट्रिय हवाई उड्ययन संस्था (आइकाओ) को अडिटमा ‘बेसिक युनिभर्सल लेभल’ पार गर्दै नेपाल कालोसूचीबाट मुक्त भएको नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले बतायो ।

नेपालमा हवाई दुर्घटना अत्याधिक मात्रामा बढेपछि इयुले चार वर्षअगाडि सन् २०१३ मा नेपाली हवाई उड्ययन कम्पनीले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै उड्ययन क्षेत्रमा नेपाललाई कालोसूचीमा राखेको थियो । तर, पछिल्लो समय हवाई उडानमा सावधानी अपनाउँदै दुर्घटना न्युनिकरण गर्न सफल भएपछि इयु नेपाललाई कालोसूचीबाट हटाउन तयार भएको हो ।

कालोसूचीबाट हटेसँगै अब नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले युरोपको उडान गर्न पाउनेछन् ।