१० मंसिर २०८३, बिहिबार

पहिरोमा परी डोटीमा एकजनाको मृत्यु, २ जना गम्भीर घाइते

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भूमिराज जोशी

दिपायल, ६ साउन । वर्षाका कारण पहिरो जाँदा डोटी जिल्लामा एकजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुईजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान २ बजे पहिरो खस्दा सायल गाउँपालिका १ बिनेवाडाका हरिमल भूलको घर पहिरोमा परेको हो । पहिरोमा परेर हरिमलकी ३ वर्षीया छोरी मनीषा भूलको मृत्यु भएको छ ।

घरमुली हरिमल र उनकी श्रीमती जमुना भूलको अबस्था गम्भीर रहेको स्थानीय प्रेम नेपालीले जानकारी दिनुभयो ।

घरमा सुतेका बेला पहिरो खस्दा उनकी तीन वर्षीया छोरीकीको मृत्यु भएको हो । घरमा रहेका १ छोरा र १ छोरीलाई भने चोटपटक लागेको छैन ।

घाइतेहरूलाई स्थानीय छपाली स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि धनगढी अस्पतालमा पठाइएको छ ।