१० मंसिर २०८३, बिहिबार

पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अबस्था कस्तो छ ? (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको चिकित्सकहरु बताएका छन् ।

काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका पूर्वराजा शाहको मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजिओप्लाष्टी गरिएकामा अहिले अवस्था सुधारोन्मुख बन्दै गएको उपचारमा संग्लन डा यादवदेव भट्टले जानकारी दिए ।

उनलाई शुक्रबार घर पठाइने अस्पतालले जनाएको छ । शाहको उपचारमा मुटुरोग विशेषज्ञ भट्ट नेतृत्वको टोलीमा डा शिवजीविक्रम सिलवाल, डा शेखर राजभण्डारी, डा नग्मा श्रेष्ठ, डा सन्तोषमान श्रेष्ठ तथा डा किशोरजङ राणा संलग्न छन् ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा बिहीबार नर्भिक अस्पताल पुगी स्वास्थ्य अबस्था बारे जानकारी लिएका छन् ।

थापाले पूर्वराजा शाहको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।