१० मंसिर २०८३, बिहिबार

दुई नम्बर प्रदेशमा चुनाव जित्ने रणनीतिमा कांग्रेस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन थालेको छ ।

२०७० सालमा भएको संविधान सभाको निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेस दुई चरणको स्थानीय निर्वाचनमा दोस्रो भएपछि नयाँ चुनावी रणनीति बनाउन कांग्रेस अघि सरेको हो । यही क्रममा बिहीवार बानेश्वरमा प्रदेश २ मा पर्ने ८ जिल्लाका सभापतिको भेला गराएर चुनावी रणनीतिको तयारी थालेको छ ।

भेलामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत केन्द्रीय सदस्य, प्रदेश नम्बर २ का सांसद् तथा जिल्ला सभापतिहरु उपस्थिति छन्। भेलामा जिल्ला सभापति निर्वाचनमा पराजित उम्मेदवार पनि सामेल छन् ।

तेस्रो चरणको चुनावी रणनीति तयार गर्ने उक्त छलफल कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उपस्थित सम्पूर्ण प्रदेश नम्बर २ का प्रतिनिधिहरुलाई केन्द्रको तर्फबाट कन्फ्युजन क्रियट गर्नेसँग सावधान रहन सुझाव दिए ।

छलफल कार्यक्रममा आफ्ना दलीय प्रतिनिधिहरुलाई चुनावी सुझाव दिँदै नेता पौडेलले कांग्रेस, मधेश र लोकतन्त्र पर्यावाची भएकाले कांग्रेसलाई गिराउन धेरै प्रयत्न भएको बताए ।