१० मंसिर २०८३, बिहिबार

एडीबीको जागिर खान हिडेका पूर्वमुख्यसचिव सुवेदीको राजीनामा स्वीकृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गर्दै राजीनामा स्वीकृत गरेको छ ।

अतिरिक्त पेन्सनको लोभमा राजीनामा नदिएरै एसियाली विकास बैंक (एडीबी)को जागिर खान हिडेका सुवेदीको विहिबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सुवेदी हाल एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको रुपमा फिलिपिन्सको मनिलामा हाजिर भइसकेका छन् ।