१० मंसिर २०८३, बिहिबार

कलेजमा ईन्ट्रान्समा नाम निकालिदिने भन्दै प्रतिव्यक्ति ३ लाख उठाउने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ५ साउन । कलेजमा ईन्ट्रान्समा नाम निकालिदिने भन्दै रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर पुल्चोकस्थित रहेको इन्जिनियरिङ कलेजमा नयाँ भर्ना हुन आउने विद्यार्थीहरुलाई ईन्ट्रान्स परिक्षामा नाम निकालीदिन्छु भनि रकम उठाउने जिल्ला मोरङ रंगेली ८ घर भई ललितपुर पुल्चोक बस्ने वर्ष २५ को देव शर्मालाई महानगरीय प्रहरी परीसर ललितपुरले साउन ३ गते कलेज नजिकबाट पक्राउ गरी अनुसन्धान थालेको हो ।

शर्माले कलेजमा भर्ना हुन आउने विद्यार्थीहरुलाई ईन्ट्रान्स परिक्षामा नाम निकालीदिन्छु भन्दै जनही तीन लाख रुपैयाँ सम्म लिने गरेको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको ललितपुरका डीएसपी ईश्वर कार्कीले जानकारी दिए ।