
काठमाडौं, ५ साउन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकताको भित्रभित्रै तयारी भएको छ ।
स्रोतका अनुसार दुबै दल साउन महिनाको मध्यसम्म एकीकरणको तयारीमा जुटेका छन् । पार्टी एकीकरणका लागि दैनिक सरह वार्ता र सम्वाद भइरहेको बताइन्छ ।
यद्यपि, केही नेताहरूले पार्टी एकीकरणको हल्ला हो मात्रै पनि भन्ने गरेका छन् । स्रोतले भन्यो, ‘नयाँ शक्ति पार्टी नेपालले साउनको ९ गने केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यो बैठकमा पार्टी एकीकरणको प्रस्ताव पेश हुनेछ । कुरा मिल्यो भने साउन १५ गतेभित्र पार्टी एकीकरणको सम्भावना छ ।’
यता संघीय समाजवादी फोरम नेपालका नेताहरू पनि पार्टी एकीकरणका विषयमा सैद्धान्तिक रुपमा सहमत छन् । तर, एकताको कुरा कसरी अगाडि बढेको छ भन्ने विषयमा स्पष्ट छैनन् ।
स्रोतका अनुसार एकीकृत पार्टीको अध्यक्ष उपेन्द्र यादव नै रहने छन् । बाबुराम भट्टराई वरिष्ठ नेतामा खुम्चिने बताइएको छ ।











प्रतिक्रिया