१० मंसिर २०८३, बिहिबार

नाकाबन्दीमा परेको कतारका राजदूतलाई भेटेर प्रधानमन्त्रीले के सुझाव दिए ?

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभएको उहाँका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले कतारमा रहेका झण्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितका बारेमा चासो राख्नुभएको थियो । सो अवसरमा राजदूत हलले कतारको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । रासस