३१ आश्विन २०८३, शनिबार

काठमाडौंमा मोटरसाइकल चढ्नेले अब ४ सय तिर्नुपर्ने !

16.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । काठमाडौं महानगरपालिकामा दुई चक्के सवारी चलाउनेले अब ४ सय रुपैयाँ कर तिर्नुपर्ने भएको छ ।

यो व्यवस्था काठमाडौं महानगरपालिकाले भर्खरै लागु गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट जनप्रतिनिधि पाएको महानगरले आर्थिक वर्ष २०७४–७५ को बजेटमा इन्जिनबाट चल्ने जुनसुकै दुई पाङ्ग्रे सवारी साधनले बर्षको ४ सय रुपैयाँ सवारी कर तिर्नुपर्ने व्यवस्था गरेको हो ।

जसअनुसार अब काठमाडौं महानगरबासीले दुई चक्के सवारी साधन चढे बापत महानगरपालिकालाई वार्षिक ४ सय रुपैयाँ कर अनिवार्य तिर्नुपर्ने छ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलका अनुसार कार, जीप, भ्यान लगायत निजी चार पाङ्ग्रे सवारी साधनमा भने एक हजार रुपैयाँ कर तोकिएको छ । टेम्पु, ट्र्याक्टर जस्ता साधनले पनि एक हजार नै कर तिर्नुपर्नेछ ।

मिनी बस, मिनी ट्रक वा त्यही प्रकृतिका अन्य चार पाङ्ग्रे साधनको बार्षिक दुई हजार रुपैयाँ कर तिर्नुपर्ने भएको छ । ठूला बस, ट्रक लगायत साधनले तीन हजार, हेभी गाडी, डोजर, क्रेन जस्ता साधनको बार्षिक चार हजार रुपैयाँ कर लाग्ने महानगरले जनाएको छ ।

कृषि कार्यमा सञ्चालन हुने सवारी साधनको हकमा भने तोकिएको दरमा ५० प्रतिशत कर छुट हुनेछ ।

यस्तो सवारी साधनको वार्षिक करः