
काठमाडौं, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित अनमोल क्याटरिङमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अध्यक्ष कमल थापाले आफ्नो राजनीतिक कार्यपत्र पेश गर्ने कार्यक्रम छ । थापाका साथै अन्य नेताहरूले पनि अलग अलग प्रतिवेदनहरू पेश गर्ने छन् ।
राप्रपाभित्रको आन्तरिक विवादका कारण वरिष्ठ नेता पशुपति शम्शेर राणा भने आजको बैठकमा जानु हुने छैन । अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्दै आउनु भएका राणा असन्तुष्ट हुनुहुन्छ ।











प्रतिक्रिया