१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्रीद्वारा राजपाका नेताहरूसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधन लगायतका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई बोलाउनु भएको छ ।

अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा राजपा नेपालका नेताहरूसँग समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार संविधान संशोधनको विधेयकलाई पास नहुने अवस्था रहे पनि अगाडि बढाउने कि केही समय थाँती राख्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।

राजपा नेपालले संविधान संशोधन विधेयक पारित नहुँदासम्म स्थानीय तहको तेस्रो चरणको चुनावमा पनि सहभागी नहुने चेतावनी दिइसकेको छ ।

यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले राजपा नेपालका नेताहरूलाई बोलाउनु भएको हो ।