१० मंसिर २०८३, बिहिबार

राप्रपाले तयार पार्‍यो बैठकका एजेन्डा, दुई ठूला नेता अनुपस्थित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिका लागि एजेण्डा तयार पारेको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत गरिएको राजनीतिक कार्यपत्रलाई सामान्य परिमार्जनसहित पारित गरेको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा अध्यक्षसहित चार जनाले चार वटा प्रतिेवनद पेश गर्नुभएको थियो । त्यसमा छलफल भयो । सर्वसम्मतसहित पारित भएको छ ।’

सहायक महामन्त्री बर्तौलाका अनुसार ती प्रतिवेदनहरूलाई बुधबारदेखि राजधानीमा सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिनेछ ।

राप्रपाका नेता राजाराम श्रेष्ठले बुधबारबाट केन्द्रीय कार्यसमिति बैठक सुरु हुन लागेकाले एजेन्डा तयारपार्न बैठक बसेको जानकारी दिनुभयो ।

‘केन्द्रीय कार्यसमिति बस्दैछ त्यसैको तयारीका लागि बैठक बसेको हो’, श्रेष्ठले भन्नुभयो, ‘राजनीतिक विषयमा केन्द्रीय समितिले निर्णय गर्नेछ ।’

बैठकमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, महामन्त्री जयन्त चन्दको सचिवालय प्रतिबेदन, महामन्त्री ध्रुबबहादुर प्रधानको स्थानीय तह निर्बाचनसम्बन्धी प्रतिबेदन र उद्धब पौडेलको आर्थिक प्रतिबेदनलाई छलफल गरेर सामान्य पारिमार्जनसहित पारित गरेको छ ।

कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शम्शेर राणा र लोकेन्द्रबहादुर चन्द भने आउनु भएको थिए ।