१० मंसिर २०८३, बिहिबार

निर्वाचन आयोगमा दर्ता भएको राजपाको चेतावनी- अब हामी संसद छोडेर सडकमा जान्छौं

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता रामनरेशराय यादवले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव तत्काल निर्णयार्थ पेश नभए व्यवस्थापिका–संसद छाडेर सडकमा जाने चेतावनी दिएका छन् ।

नेता यादवले संशोधन प्रस्ताव तत्काल निर्णयार्थ प्रस्तुतनगरे आफूहरु संसद छोडेर सडकमा जाने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लबद्धारा आयोजित साक्षात्कारमा उनले भने, ‘संशोधन प्रस्ताव तत्काल भोटिङ्मा लैजानुपर्छ, हामी भोटिङ्बाट आउने परिणाम स्वीकार गरेर चुनावमा जान तयार छौं ।’

उनले संशोधन प्रस्ताव पारित होस भनेर नै आफूहरुले चाहेको समेत स्पष्ट पारे । उनले थपे, ‘जंग लड्न मैदानमा उत्रिएपछि हारजित त भैहाल्छ नि, तर हार्नको लागि कोहीपनि लडाई लड्दैन, हामी परिणाम स्वीकार गर्न तयार छौं ।’ उनले सरकारले आफूहरुलाई चुनावमा जान नदिनको लागि यसअघिका दुई चरणको निर्वाचनमापनि बेरियर लगाईदिएको आरोप लगाए ।

उनले आफूहरु निर्वाचनमा सहभागी हुनको लागि २४ सै घण्टा तयारी अवस्थामा रहेको समेत जिकिर गरे । उनले भने, ‘राजपा जुनसुकै बेलापनि चुनावमा सहभागी हुन तयारी अवस्थामा छ, हामी पुर्ण तयारीका साथ बसेका छौं ।’ यद्यपी उनले ६ दलमिलेर जब राजपा पार्टी बन्यो त्यही दिनदेखि काठमाडौंमा ठूला दल भनाउँदाहरुलाई उकुसमुकुस हुनथालेको आरोप लगाए ।

नेतायादवले राजपा निर्वाचनमा सहभागी भयो भने एकल आफ्नो पक्षमा परिणाम ल्याउने समेत उद्धघोष गरे । तर उनले आफूहरुलाई निर्वाचनमा सहभागी हुन नदिनको लागि प्रमुख तीन ठूला दलहरुले बेरियर लगाईदिएको आरोप लगाए । ‘सत्तारुढ दलले म कुटेजस्तो गर्छु तर रोएजस्तो गर भनेर प्रतिपक्षी दल एमालेलाई भन्छ, अनि एमाले पनि त्यही गरिरहेको छ, यो नाटक मञ्च न हो, उनले अघि भने, ‘अब केटाकेटी खेल खेल्नुभएन ।’

उनले सरकारले सामान्य रुपमा गर्न सक्ने कामहरु समेत नगरेको गुनासो पोखे । उनले प्रश्न गरे, ‘के सहिद घोषणा गर्नको लागि दुई तिहाई चाँहिन्छ र ? सरकारले गर्नुपर्ने काम ईमानदारिताका साथगरिदिनुपर्यो, किन आलटाल गरिरहेको छ, यो मैले बुझ्न सकेको छैन ।’