सल्यान, १ साउन । सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्रमा उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ ।
खास गरि यहां रहेको सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्दै आएका छन् । र समूहबाट उपभोक्तालाइ पुगिसकेपछि जिल्लाका विभिन्न क्षेत्र सम्म घाँसको विरुवा विक्र समेत हुने गरेको छ ।
जिल्ल पशु सेवा कार्यालय सल्यानले कपुरकोट क्षेत्रका सामुदायीक वन समूहबाट घाँस उत्पादन र विक्रि भइरहेको जनाएको छ । कपुरकोट गाउंपालिका वडा नम्बर ३ मा रहेको पाखापानी सामुदायीक वन समूहले नर्सरी नै स्थापना गरेर घाँस उत्पादन तथा विक्रि मार्फत आम्दानी पनि गर्दै आएको छ ।
वन समूहकी अध्यक्ष तारादेवी सेनले आफ्नो वन समूहमा विभिन्न जातका वहुवर्षिय डाले घाँस रहेको बताउनु भयो । उनले भन्नुभयो – ‘हामीले केहि वर्षयता निपियर, अम्रिसो, टाँकी, कोटमीरो, खन्यु लगाएतका उन्नत घाँसको विरुवा उत्पादन गर्दै आइरहेका छौं ।’ व्यावसायिक घाँस उत्पादनले पशुपालनको लागत घटाउने भएकाले पशु कार्यालयले पनि विभिन्न सहयोग गरिरहेको छ । पाखापानीमा घाँस उत्पादनका लागी नर्सरि स्थापनामा ३० हजार बराबरका सामाग्री र घाँसको विउ सहयोग गरेको पशु सेवा केन्द्र कपुरकोटका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मीले जानकारि दिनु भयो ।
हाल सम्म ३७ हजार भन्दा बढि घाँसका विरुवा पाखापानी सामुदायीक वनबाट किनेर सल्यानको कालिमाटी, रागेचौर लगाएतका क्षेत्रमा पठाइएको रेग्मीले जानकारि दिनु भयो ।
विरुवा विक्रीबाट यो वर्ष अहिले सम्म करिव १ लाख आम्दानी भएको वन समूहकी अध्यक्ष सेनले बताउनु भयो । विरुवा उत्पादनमा जिल्ला वन कार्यालयले पनि सल्लाह सहयोग गरेको उहाको भनाइ छ । अझै आफ्नो नर्सरिमा ४५ हजार बढि घाँसका विरुवा रहेको सेनले बताउनु भयो ।













प्रतिक्रिया