काठमाडौं, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार विहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन, शीतलनिवासमा भएको भेटमा आगामी २०७४ साल माघ महिनाभित्र प्रदेश र केन्द्रको निर्वाचन गरी संविधान कार्यान्वयन गर्ने, तेस्रो चरणको निर्वाचनमा मधेसवादी दललाई सहभागी गराउन संविधान संशोधन गर्ने लगायत राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ । राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए ।













प्रतिक्रिया