गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल तपोभूमि रेसुङ्गामा मेला सुरु भएको छ ।
रेसुङ्गामा बिगतका वर्षहरूमा जस्तै यस वर्षपनि मन्दिर ब्यवस्थापन समितिले साउन महिनाभरि एक महिने मेला लगाएको हो ।
मेला अवधिभरि धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए ।
धार्मिकस्थल रेसुङ्गमा पूजा गर्न गुल्मीका छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देहीलगायतबाट श्रद्धालु भक्तजन आउने गर्छन् ।
नेपालकै चार धाममध्येकै एकधामका रुपमा परिचित रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल भए गरेका पाप नष्ट हुने धार्मिक मान्यता छ । यो स्थानमा साउन १ गते र साउने औँषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्छ ।













प्रतिक्रिया