३१ आश्विन २०८३, शनिबार

दक्षिण कोरियामा कामदारको ज्यालामा उच्च वृद्धि

5.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अर्जुन बराल

सोल, १ साउन । दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि उच्च वृद्धि गरेको छ । वृद्धि भएको तलव आगामी जनवरीदेखि लागू हुनेछ ।

न्यूनतम ज्याला निर्धारण समितिका २७ सदस्यका बीच ११औँ बैठकमा मतदानमार्र्फत साबिक ज्याला ६,४७० वोनको १६.४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरीबाट लागू हुने गरी बृद्धि गरेको हो ।

कोरियामा मजदुर पक्षले सरकारसँग न्यूनतम ज्यालाका विषयमा १०,००० वन माग गरी बैठकमा दबाद दिएका थिए । सन् २०१८ को ज्याला वृद्धिसम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्नेछ ।

मजदुर पक्ष, कम्पनी ब्यबस्थापन पक्ष र सरकारका प्रतिनिधिसहित २७ सदस्यका बीच छलफल र बहुमतका आधारमा नयाँ ज्यालादर बढाइएको कोरियन समाचारले जनाएको छ ।

तोकिएको नयाँ तलब अनुसार अब मजदुरले प्रतिमहिना २०९ घण्टासहित १५,७३,७७० वोन अर्थात १३८७.७६ डलर मासिक अतिरित्त काम बाहेक प्राप्त गर्ने छन् ।

कृषि तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागू हुने छैन । कामको समयलाई प्रतिघण्टा ज्यालादरमा लागू गरिनेछ ।