२१ कार्तिक २०८३, शनिबार

जनकपुर घटनाले एमाले स्तब्ध, यस्तो छ विज्ञप्ति

23.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेकपा एमालेले जनकपुरको मुझेलियामा भएको एमाले नेता चढेको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

विहीबार भएको दुर्घटनामा सलहेश संग्रहालय निर्माण समितिका सदस्य एवं एमाले कार्यकर्ता सरितादेवी चौधरीको मृत्यु भएको छ भने नेताहरु गम्भीर घाइते छन् ।

एमालेले उक्त घटनाले आफ्नो पार्टी स्तब्ध भएको जनाएको छ । सचिव प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘ हिजो २०७४ साल असार २९ गते धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा परी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामरति रामलगायत व्यक्तिहरू गम्भीर घाइते हुनुभएको र दुर्घटनामा परी सलहेश संग्रहालय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको दुःखद् निधन भएको खबरले पार्टी स्तब्ध भएको छ ।’

यस्तो छ विज्ञप्तिः

हिजो २०७४ साल असार २९ गते धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा परी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामरति रामलगायत व्यक्तिहरू गम्भीर घाइते हुनुभएको र दुर्घटनामा परी सलहेश संग्रहालय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको दुःखद् निधन भएको खबरले पार्टी स्तब्ध भएको छ । दुर्घटनामा कमरेड रामरति रामका अतिरिक्त सलहेश संरक्षण सम्वद्र्धन विकास समितिका अध्यक्ष तथा प्रदेश नं. २ संगठन कमिटीका सदस्य मागेन कामत, सिरहा जिल्ला कमिटीका सचिवालय सदस्य सागर चौधरी, लहान नगर कमिटीका सदस्य लक्ष्मण यादव, पार्टी वडा कमिटी अध्यक्ष ललिता चौधरीसहित संघीय समाजवादी फोरमका रामपुकार यादव, नेपाली कांगे्रसका अरुणकुमार सिंह, हरेराम राम र चालक दीलिप चौधरीलगायत गम्भीर घाइते हुनुभएको छ । विराटनगर नोबेल अस्पताल र न्यूरो अस्पतालमा उपचाररत उहा“हरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगत सरितादेवी चौधरीप्रति नेकपा (एमाले) हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ ।

प्रदीप ज्ञवाली
सचिव
केन्द्रीय सचिवालय