भैरहवा, २८ असार । आदिकवि भानुभक्त आचार्यको २०४ औं जयन्तीको भैरहवामा भब्य रुपमा मनाइएको छ ।
सिद्धार्थ साहित्य परिषदको आयोजनामा भैरहवामा विहीबार भानु विशेष कार्यक्रम सम्पन्न भयो । विहान भानु मावि र मुनलाईट स्कुलमा रहेको भानुको प्रतिमा माल्यापर्ण गरि मनाइएको कार्यक्रम दिउसो भैरहवामा विशेष प्रवचन, स्रष्टा सम्मान तथा कृति विमोचन गरी सम्पन्न भएको छ ।
सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराइको सभापतित्व तथा प्रा.डा कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान समेत गरिएको थियो ।
परिषदका सचिव नरेश के.सी.को सन्चालन, कार्यक्रम संयोजक लक्ष्मी शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी प्रा.डा. लामिछाने, प्राज्ञ बुंद राना, प्रा. हुमाकान्त पाण्डे, बालकृष्ण भट्टराइ, प्रलेस रुपन्देही अध्यक्ष देवेन्द्र घिमिरे, छन्दबादी समाजका संरक्षक कविराज पौडेल, सिसासका अध्यक्ष सुवास रिजाल, बनमालि निराकार, जंगबहादुर शाह, प्रा.डा हिरष्य ज्ञवाली, डिल्लीराज अर्याल, ज्ञानदेव हटुवाल, सामुहिक विद्यालय परिवारका अध्यक्ष प्रेम नारायण पौडेल लगायतले मन्तब्य राख्दै भानुको बारेमा चर्चा गरेका थिए ।
कवियत्री कविता रिजालले रामयण पाठ गरेको उक्त कार्यक्रममा पवित्रा कोइरालाले भानुको जिवनी र व्यक्तित्व तथा कृतित्वमाथी प्रकाश पारेकी थिइन् ।
स्रष्टा सम्मान
यसैबीच सिद्धार्थ साहित्य पुरस्कार २०७४ बाट प्रा.डा हिरण्य ज्ञवाली, टेक बहादुर पन्थि स्मृति साहित्य पुरस्कार २०७४ बाट आख्यानकार जंगबहादुर शाह, विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कारबाट छन्दकवि डिल्लीराज भट्टराइ र प्रभा भट्टराइ, सकला सिद्धार्थ वांगमय पुरस्कारबाट आर बी निश्चललाई सम्मान गरिएको थियो ।
यसैगरी सोही अवसरमा योगगुरु पुनाराम गिरी, छन्दकवि कविराज पौडेल, पत्रकार विष्णु वोहरा, शिक्षासेवी गोकुल पोखरेल, साहित्यकार लक्ष्मीप्रसाद अधिकारी, कवि उमेश थापा लाटोमगर, हरेक वर्ष भानु जयन्ती विशेष रुपले मनाउदैं आएको यस क्षेत्रकै जेठो साहित्यीक संस्था सिद्धार्थ साहित्य परिषदले असार २९ गतेलाई विशेष दिनका रुपमा मनाउनेगरी तयारी थालेको हो ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराइले भने- “राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको लागी मात्रै होइन मुलुककै विकासकोलागी पुराएको योगदान स्मरणीय छ । उहांको सृजना जिवन्त छन् । सिद्धार्थ साहित्य परिषदले हरेक वर्ष जस्तै यस वर्ष पनि भानु जयन्तीलाई विशेष रुपले मनाउने गरी थालेको तयारी पुरा भएको छ ।”
परिषदले भानु जयन्तीलाइ भब्य रुपमा सफल पार्नेगरी तयारी थाल्नकोलागी परिषदको सहसचिव लक्ष्मी शर्मालाई कार्यक्रम संयोजक तोकेको थियो । परिषदका सचिव नरेश के.सी.को अनुसार विहीबार विहान ७ बजे देवकोटा चोंकमा भेला भई भानु मावि गोलिगढ र मुनलाइट स्कुलमा रहेको भानुको प्रतिमामा माल्यापर्ण गर्ने र दिउसों लुम्बिनी निर्माण व्यवसायी संघको सभाहलमा विशेष कार्यक्रम गरिनेछ । दिउंसोको कार्यक्रममा भानुको जीवनी व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्ने, स्रष्टा सम्मान, कृति विमोचन तथा रचनाबाचन सहितको कार्यक्रम हुने भएकोले सम्पुर्ण साहित्यकार, साह्त्यिअनुरागी तथा नागरिकहरुलाई कार्यक्रममा उपस्थितिको लागी परिषदले आमन्त्रण समेत गरेको छ ।














प्रतिक्रिया