२१ कार्तिक २०८३, शनिबार

राप्ती राजमार्गः गन्तव्यमा पुग्न जोखिम बन्दै यात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, २९ असार । राप्ती राजमार्ग अन्र्तगत पर्ने रुकुमको त्रिवेणी गाउँपालिकाको खौलादेखि मुसिकोट नगरपालिकाको बैरागी ठाँटी सम्मको सडक खण्ड जोखिम बन्न थालेको छ ।

बर्खा सुरु भएसंगै यस सडक खण्डको विभिन्न स्थानमा पहिरो झर्दा यो क्षेत्रमा गुड्ने सवारी साधन र बसमा सवार यात्रीलाई समेत हैरान हुने गरेको छ । पहाडी क्षेत्रको कच्ची र साँघुरो सडकमा दैनिक ५० भन्दा बढी ठूला मालबाहक सवारी साधन तथा यात्रीबाहक बस गुड्ने यो सडकखण्ड आजभोली गन्व्यमा पुग्ने यात्रीका लागि जोखिम बनेको छ । सडक छेउमा पहिरो झर्दा हिलाम्य सडक झन्झन् साँघुरो हँुदै गएकाले पनि यो सडक खण्डको यात्रा एकदम जोखिम मानिएको छ । ठाउँ– ठाउँमा पहिरो झरेका कारण बसमा सवार यात्रुलाईु धेरैपटक ओर्लिने र झर्ने कामले समेत दिक्क लाग्ने गरेको बसमा सवार प्रायः यात्रीको गुनासो सुन्ने गरिएको छ ।

सल्याण र रुकुमकोे सिमाना खौलादेखी रुकुमको बैरागीठाँटी सम्मको करिब १२ किलोमिटर सडक खण्डको विभिन्न ठाउँ गरेर झण्डै एक सय बढी स्थानमा पहिरो झरेको छ । सडक छेउमा खसेको पहिरोकै कारण यस सडक खण्डमा यात्रा गर्ने स्थानीयबासी र यात्रामा सवार यात्रीलाई चिन्ता थपिएको छ । अविरल बर्षाका कारण एक हप्ता अघि सडक खण्डमा झरेको पहिरो पन्छाउने काममा हालसम्म सम्बन्धित निकायले कुनै पनि चासो देखाएको छैन । सडक छेउको पहिरो पन्छाउने काम र बिग्रिएको सडक खण्डलाई तत्काल मर्मत गर्नेतर्फ कसैको ध्यान नजाँदा आम रुकुमबासीले भने सरोकारवाला निकायको चौतर्फी आलोचना गरिरहेका छन् ।

मौसम खराबीका कारण पछिल्लो समय जिल्लाको हवाई यातायात पनि अनियमित हुने गरेको र गन्तब्यमा पुग्ने अन्तिम बिकल्प नै बस यात्रा भएकोले यस सडक खण्डमा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने परिस्थिति सृर्जना भएको छ । करिब १५ वर्ष अघिदेखी दाङ्गबाट रुकुम सम्मको सडक निर्माण कार्य सम्पन्न भई संचालनमा आएको यस सडक खण्डको अवस्था अझ व्यवस्थित नभई झन् बिग्रदै गईरहेको छ । सडक स्त्तरोन्नतिका लागि केही वर्ष अघिमात्र कालोपत्रे गरिएको राप्ती राजमार्गको अधिकांश सडक खण्डमा अहिले खाल्डाखुल्डी मात्रै देखिन्छन्् ।

ओटासिल गरिएको कतिपय स्थानको सडक भने कच्ची सडकको रुपमा परिणत भईसकेको छ । कालोपत्रे उत्रिएर खाल्डा–खुल्डीमा परिणत भएको उक्त सडक बेला बखत मर्मत नगरिंदा बर्षैपिच्छे बर्खाको पानी र पहिरोले बिग्रिएर थप यातायातका सवारी साधन दुर्घटना हुने संभावना बढ्दै गईरहेको छ ।