काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिका बालाजु उद्यान बाइसधाराले २०३औँ भानु जयन्त मनाएको छ ।
बालाजु पार्कमा रहेको भानुभक्त प्रतिमामा माल्र्यापण गर्दै प्रमुख अतिथि त्रिशूली बाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले काव्य लेखनको पहिलो कवि भनेर सम्झना गरे । यसैगरी विशेष अतिथि तारकेश्वर कला प्रतिष्ठान बालाजुका अध्यक्ष एवं वरिष्ठ अभिनेता उत्तम केसीले भानुले अनुवाद गरेको रामायण सबैले बुझ्न सकेको बताए ।
अन्य अतिथिहरु राप्रपा जिल्ला सदस्य सुवर्ण राजभण्डारी, नेपाली कांग्रेस इकाई कमिटी १६ नम्बर वडाका का अध्यक्ष देवेन्द्र पाठक, तार्केश्वर नपा ११ का सदस्य प्रज्जवल थापा, महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक रामप्रसाद गौतमलगायतले माल्यर्पणसहित आआफ्नो मन्तव्य राखेका थिए ।
उद्यान प्रमुख दामोदर लामा अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निहारिका बोर्डिङ स्कुलका विद्यार्थीहरु स्मृति थापा, टिसा मानन्धर, निश्चल विन्दुकार, प्रमुख अतिथि फुयाँललगायतले भानुभक्तलाई सम्झँदै कविता वाचन गरे । कार्यक्रम उद्यानका कर्मचारी प्रतिमा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।













प्रतिक्रिया