रुकुम, २९ असार । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डबोर्डको आर्थिक सहयोगमा साविकका रुकुमकोट, कोटजहारी र खोलागाँउ गाविसमा संचालित कार्यक्रमलाई एक वर्ष थप गर्न अनुरोध गरिएको छ ।
संचालनमा आईरहेको उक्त कार्यक्रम अझै एक बर्ष थपका लागि जिल्ला खानेपानी सरसफाई स्वच्छता समन्वय समिति र गाँउ स्तरको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले अनुरोध गरेका छन् । स्थानीय तहको निबार्चन र स्थानीय तह पुर्नसंरचनाको कारण पुर्ण सररफाईका कार्यक्रम मार्फत् सोचेजस्तो उपलब्धि नहुँदा जिल्लालाई सन् २०२० भित्र पुर्ण सरसफाई जिल्ला निमार्ण गर्ने योजनालाई थप टेवा पुग्ने भएकोले फण्डबोर्डको अझै सहयोगको अपेक्षा गरिएको छ । छिमेकी संगठन नेपाल तथा ग्रामिण आधारभुत विकास परियोजनाको संयृुक्त साझेदारीमा रुकुमका साविकका खोलागाँउ, रुकुमकोट र कोटजहारीमा कार्यक्रम सञ्चाल भइरहेको छ । गत बैशाखमा ति गाविसहरु पुर्ण सरसफाई गाबिस घोषणा गर्ने गरी कार्ययोजना तयार भएर कामले तिब्रता पाएको भएपनि स्थानीय तहको पुर्नसंरचना र निबार्चनको कारण कार्यक्रम थप गर्नै पर्ने अवस्था आएको स्थानीयको माग छ ।
जिल्ला स्तरको अनुगमन टोलीले र गाविस स्तरको अनुगमन टोलीले कार्यक्रम लागू भएका गाविसमा गरेको अनुगमनद्धारा सरसफाईका सबै सुचकहरु पुरा गर्ने चरणमा रहेको भेटिएको छ । केही गाविसमा भने चुनौतीहरु पनि कायमै रहेकोले अझै कार्यक्रमले निरन्तरता पाउनुपर्ने स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले बताउनुभयो । अनुमगन रिपोर्टका आधारमा फण्डबोर्डले निर्णय गर्न सक्ने संभावना रहेको नियो नेपालका टिम लिडर मदन थापाले बताउनुभयो । सिस्ने गाँउपालिका र भुमे गाँउपालिका अन्र्तगत पर्ने साविकको रुकुमकोट गाविस तथा चौरजहारी नगरपालिकामा पर्ने साविकको खोलागाँउ र कोटजहारी गाविसमा गत बर्षदेखी पुर्ण सरसफाईको काम भइरहेको छ ।
फण्डबोर्ड, छिमेकी संगठन नेपाल तथा ग्रामिण आधारभुत विकास परियोजनाले खानेपानी आयोजनाका साथै पुर्ण सरसफाईका विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छन् । सरसफाई उत्प्रेरकहरु परिचालन गरेर ती स्थानहरुमा सरसफाईका सुचकहरुबारे पनि कक्षा सञ्चालन भइरहेका छन् ।













प्रतिक्रिया