२१ कार्तिक २०८३, शनिबार

बर्दियामा डुबेर दुई बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

बर्दिया, २९ असार । बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपल बस्ने कालु सिंह महराको १२ वर्षीय छोरा राजेश महरा र सोही ठाउँ बस्ने राम सिंह महराको १० वर्षीय छोरा पवन महराले सोही स्थानको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको छ ।

उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग बढेका कारण बच्चाहरु खोला तर्नेक्रममा मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । रासस